कोरोनाबिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री हस्तान्तरणलाई निरन्तरता दिंदै कांग्रेस नेता कार्की



सोलुखुम्बु, २७ असार ।लामो समयदेखि आफुलाइ समाजसेवामा सक्रिय रहंदै आएका नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन।

केही दिन अघिमात्रै जिल्लाका ८ वटै स्थानीय तहका अधिकांश स्वास्थ्य संस्थाहरूलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु बितरण गरेका कार्कीले पछिल्लो पटक सामुदायिक सामाजिक परोपकारी संस्थाद्वारा सञ्चालित स्वास्थ क्लिनिकलाई अत्यावश्यक स्वास्थ सामाग्री पिपिइ, थर्मलगन , माक्स , सेनिटाइजर, लगायतका स्वास्थ सामाग्री हस्तान्तरण गरेको नेबिसंघका नेता दिन राज बास्तोलाले जानकारी दिए।

सोलुखुम्बुबाट काठमाडौं आइ अस्थायी बसोबासरत जिल्लाबासीहरुलाइ लकडाउन अवधिभर उपत्यकाका विभिन्न स्थानमा पुगि चरणबद्द राहत बितरण गर्दै आएका नेता कार्कीले गुटगत राजनीतिले थिलथिलो भएको सोलुखुम्बु कांग्रेस एकढिक्का भएर अगाडी बढ्नु पर्ने बताउदैं आएका छन।

हालैमात्र खुम्बुपासाङल्हामु गाँउपालिका भित्रका विभिन्न स्वास्थ संस्थाहरुलाइ नेपाली काङ्ग्रेसको स्थानीय कार्य समितिमार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न राजधानीमा आयोजित कार्यक्रममा पार्टीको संगठन बिस्तार र भावी रणनीतिका बारेमा अन्तरकृया समेत गरिएको थियो।

सो कार्यक्रममा बोल्दै नेता कार्कीले नेपाली काङ्ग्रेस सोलुखुम्बुलाई आफुले गुट उपगुट नभनि मिलाएर लान सक्दो प्रयास गरिरहेको र काङ्ग्रेस एक ढिक्का नहुँदाको परिणाम सबैले भोगिसकेकोले एक हुनुको बिकल्प नभएको बताएका थिए।नेपाली काङ्ग्रेस कुनै अमुक ब्यक्तिको नभइ आम कार्यकर्ता र जनताको भएको बताउंदै उनले पार्टी विधि,बिधान र पद्धतिबाट चल्नुपर्नेमा जोड दिए। तर सोलुखुम्बुमा त्यसो हुन नसकेकै कारण कांग्रेसले पटक पटक पराजय ब्यहोर्नु परेको बताउदै उनले भने- ‘जसलाइ जे मन लाग्यो त्यो नगर्ने, भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुलाइ ठिक ढंगले हाँक्न सक्ने र पार्टी लाई एक बनाएर जाने हो भने कुनै तागतले सोलुखुम्बुमा काङ्ग्रेसलाई हराउँन सक्दैन।’

गुट उपगुटको अन्त्य गरी जिल्लामा काङ्ग्रेस एकीकृत गराउंन आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको भन्दै कार्कीले गुटलाइ मलजल गरेर आफ्नो स्वार्थसिद्दी गरिरहेका कतिपय दोस्रो,तेस्रो दर्जाका नेताको भुमिकाप्रति कार्यकर्ताहरु सचेत र सतर्क रहन आग्रह समेत गरेका थिए।

सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता रामबहादुर बस्नेतले स्वास्थ्य सामाग्री जिल्लाभर बितरण गरेकोमा खुसी व्यक्त गर्दै काङ्ग्रेस मिलेर जानुको विकल्प नरहेको बताए। पुराना कुराहरु सबैले भुलेर नबिनतम एकताका साथ काङ्ग्रेसको विधि ,बिधान र पद्धतिलाई आत्मसात गर्दै अगाडि नबढेको खण्डमा काङ्ग्रेस अगाडि जान नसक्ने उनको कथन थियो। काङ्ग्रेस मिलेमा आफू जस्तो सुकै त्याग गर्न तयार रहेको बताउँदै नेता बस्नेतले जहिले पनि आफू काङ्ग्रेस मिलाउने भुमिकामा रहने उल्लेख गरे।

अर्का नेता आङछिरिङ शेर्पाले आफुले पार्टी मिलाउने प्रयास गर्दा पनि नेताहरुले शङ्काको दृस्टिले हेरेको भन्दै आफू त्यस्तो नरहेको र पार्टी मिलोस भन्ने चाहना आफ्नो रहेको बताए । नेता एबम स्थानीय निर्वाचनमा काङ्ग्रेसको तर्फबाट खुम्बुपासाङ्ल्हामु गाउँ पालिका उमेदवार चुङ्बा शेर्पाले काङ्ग्रेस नमिलेका कारण चुनावमा पराजित भएको तितो अनुभव सुनाउँदै आफ्नो घमण्ड त्यागेर मिल्नको लागि नेताहरुलाइ अनुरोध गरेका थिए ।

नेपाल महिला संघ केन्द्रिय सदस्य डोल्मा तामाङले पनि पार्टी एकतामा जोड दिदै त्यसो नगरिए काङ्ग्रेस माथि खतरा रहेको धारणा राखिन ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेताहरु हुत्तराज बस्नेत,राजन बस्नेत ,ने बि संघका नेताहरु ,गिता गुरुङ ,दिनराज बास्तोला लगायत ,तरुण दल,दलित संघ ,आदिवासी जनजाति संघका नेताहरुले धारण राखेका थिए। खुम्बुपासाङल्हामु गाउँ पालिकाका युवा नेताहरु फुनुरु शेर्पा,सनम शेर्पा,मिङ्मा शेर्पा,आङ दोर्जी शेर्पा लगायत नेताहरुले आफ्नो धारणा राख्दै युबा लक्षित कार्यक्रम सहित काङ्ग्रेस आउन पर्ने र त्यसमा पुर्ण सहयोग रहने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्