पहिरो घर बगाउदा म्याग्दीमा सात जना बेपत्ता



म्याग्दी २६ असार । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीमा सात जना बेपत्ता भएका छन । जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका हुन ।
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए। भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन्। घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो। चार घर विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्