सोलुखुम्बुका सबै स्थानीय तहमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गरिने



सोलुखुम्बु २५ असार । सोलुखुम्बुका सबै स्थानीय तहमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुको आज बसेको बैठकले गृह मन्त्रालयको मनसुन पूर्व तयारी तथा प्रति कार्य योजनालाई मार्ग दर्शन गरी स्थानीय तहले आ आफ्नो योजना तयार गरी कार्यान्वन गर्ने गराउने तथा मनसुन अवधिमा उच्च सर्तकता अपनाउने र नागरिकलाई सचेतना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार बैठकले विपद जोखिम न्यूनिकरणका लागि स्थानीय सञ्चार माध्यमहरुमार्फत् सचेतनामुलक प्रसारण गर्न गराउन अनुरोध गर्ने, विश्व व्यापी महामारीको रुपमा रहेको कोभिड १९ को बढ्दो संक्रमणलाई रोकथाम तथा उपचारका लागि जिल्लामा गरिएको क्रियाकलापको समिक्षा गरी महामारी रोकथामका लागि थप सर्तकता अपनाउँदै सोलुखुम्बुका क्वारेन्टाइन र आइसोलेसनहरुलाई मापदण्ड बमोजिम व्यवस्थापन निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई, स्थानीय तहका प्रमुख एवं प्रतिनिधी, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, रेडक्रसकर्मी र विपद् सम्बद्ध कार्यालयका प्रतिनिधीहरुको उपस्थ्तिि रहेको थियो ।

निर्णयहरु

सोलुखुम्बु समाचारबाट

प्रतिक्रिया दिनुहोस्