नेपालमा भारतीय टिभी च्यानलहरुको प्रशारण रोकियो



काठमाडौं २५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रमित समाचार प्रशासरण गरेपछि भारतीय टेलिभिजन च्यानलहरु नेपालमा बन्द गरिएको छ । ओली र यान्छीलाई जोडेर जी न्यूजले अनर्गल र अतिरञ्जित समाचार प्रसारण गरेपछि विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) यस्तो निर्णय गरेको हो ।
नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वत फूर्त यस्तो निर्णय लिएको जानकारी दिए। केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय त गरेको छैन तर कम्पनीहरुले स्वतस्फुर्त यो कदम चालेका हुन सक्छन्ु, उनले भने, ‘मलाई पनि भारतीय समाचार च्यानल बन्द गरिएको जानकारी आएको छ। तर केवल टेलिभिजन महासंघबाटै निर्णय गरेर यो कदम चालिएको होइन।’ लेकालीका अनुसार कम्पनीहरुले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन्।
भारतीय टेलिभिजन च्यानलहरूले नेपालबारे अनर्गल प्रचार गरिएपछि यो कदम चालिएको हुन सक्ने उनले बताएका छन्। म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि नेपालमा दुरदर्शन न्युजबाहेक समय समाचार टेलिभिजन च्यानलको प्रसारण रोकिएको पुष्टि गरेका छन्। उनले भारतीय समाचार टेलिभिजन च्यानलले नेपालबारे अतिरञ्जित र भ्रामक समाचार प्रसारण गरिहेपछि यस्तो कदम चाल्नुपरेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्