पाटन अस्पतालमा मृत्युभएका युबामा कोरोना,मृत्यु हुनेको संख्या ३६ पुग्यो



 

काठमाडौं २३ असार । उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएका गोरखाका २७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिकामा ती युवकले आत्महत्या गर्न आफ्नै घरमा झुण्डिएको अवस्थामा परिवारले फेला पारेका थिए ।

तत्काल उनलाई उपचारको लागि गोरखाकै एक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई पाटन अस्पताल रिफर गरेको थियो । उनको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार गर्ने क्रममा गएराति निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा मृत्यु पश्चात गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्