अमरिकाले दियो चीनलाई चेतावनी, दक्षिण चीन सागरमा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन
एजेन्सी २३ असार । अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ।
६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षिण चीन सागरलाई विभिन्न ६ देशले दावी गरिरहेपनि चीनको उपस्थिति बलियो छ। अमेरिकाले सो क्षेत्रबाट चीनलाई विस्थापन गर्न खोजिरहेको छ। सीएनएनका अनुसार चीनको बलियो दावी र उपस्थितिलाई निस्तेज गर्न वासिङ्गगनले सो क्षेत्रमा व्यापक सैन्य तैनाथी बढाएको हो।
चीनले पनि नौसैनिक अभ्यासका लागि सो क्षेत्रमा आवश्यक बन्दोबस्ती मिलाइसकेको छ। यस्तो स्थितिमा अमेरिकाले अत्याधुनिक लडाकु विमान र हतियारसहित नौसेनाको जहाज पठाउँदा सैन्य टकराव निम्तिने जोखिम देखिएको छ।