देउवा भन्छन, ‘ओलिसंग पार्टी बिबाद र सत्ताको बिषयमा कुरा भएको होइन’



 

काठमाडौं, २१ असार । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भए पनि कुनै पनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताएका छन।

केन्द्रिय समिति बैठक पछि प्रतिक्रिया दिंदै शर्माले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसङ्गमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको पनि बताए ।

पार्टी कार्यालय सानेपामा आइतबार जारी केन्द्रीय समिति बैठकमा देउवाले बाहिर सार्वजनिक भएजस्तो ओली र नेम्वाङसँगको भेटमा नेकपाभित्रको विवादको विषयमा कुनै कुरा नभएको दावी बताएका थिए।

उनले लामो समयदेखि संवैधानिक निकायहरुमा हुन नसकेको नियुक्ति र संवैधानिक परिषद्को बैठकको विषयमा छलफल भएको बताए।

असार १७ गते राति (बुधबार) ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्