पार्टी भित्रका भ्रष्टाचारीलाइ कारबाहीको माग गर्दै सानेपामा नेबिसंघको प्रदर्शन



काठमाडौं, २१ असार । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ।

नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले केन्द्रिय समितिको बैठक बसिरहेका बेला पार्टीभित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्न माग गरेका हुन्।

विद्यार्थी नेताहरुले विभिन्न नारा लेखिएका प्लाकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले पार्टी भित्रको भ्रष्टाचार छानबिन गर्न र भ्रष्ट नेतालाई कारबाही गर्न माग गर्दै नारा समेत लगाए।

नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसंघका विद्यार्थी नेताहरु सानेपा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्