पार्टी एकतालाई कमजोर बनाउने गतिविधिमा संलग्न नहुन प्रदेश १ का १४ वटै जिल्ला कमिटीको अपिल
काठमाडौ,२१ असार ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश न १ का १४ वटै जिल्ला कमिटीले करिब दुई तिहाईको जनमतसहित इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्नका लागि पार्टी एकतालाई थप मजबुत र एकताबद्द बनाएर लैजानुको विकल्प नरहेको बताएका छन।
स्थायी समितिको बैठकमा उत्पन्न विवादले पार्टी जीवनलाई संकटपूर्ण अवस्थामा पुर्याएको अनुभुति सम्पुर्ण पार्टी कार्यकर्ता ,सदस्य, शुभचिन्तक तथा आम नागरिकमा भएको उल्लेख गर्दै प्रदेशका १४ वटै जिल्ला कमिटीका तर्फबाट अध्यक्ष तथा सचिबहरुको तर्फबाट जारी संयुक्त प्रेस बिज्ञप्तिमा बिगतमा भएका सहमतिहरु,पार्टी बिधान र निर्बाचनमा जनतासंग गरेका प्रतिबद्धतालाई हृदयंगम गरि पार्टी एकताको मर्म र भावना अनुरुप विवेकपुर्ण कदम चाल्न नेतृत्वको ध्यानाकर्षण गराइएको छ।
यस्तो छ प्रदेश १ का १४ वटै जिल्ला कमिटीद्वारा जारी प्रेस बिज्ञप्ति
देशी तथा बिदेशी प्रतिक्रियाबादी षड्यन्त्रलाई परास्त गर्दै पार्टी एकता को बांकी कामलाई पूर्णता दिई समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक तुल्याउनुपर्ने घडीमा आपसी बिबादले पार्टीलाई गम्भीर क्षति पुर्याउने उल्लेख गर्दै बिज्ञप्तिमा भनिएको छ,( प्रदेश १ को १४ वटै जिल्ला कमिटीको तर्फबाट टुटफुट र बिभाजन रोक्ने गरि पहल गर्न सिंगो नेतृत्व र आम पार्टीपंक्तिमा हार्दिक अपिल गर्दछौं।’
नेपालमा विभिन्न समुहमा बिभाजित कम्युनिस्ट आन्दोलनलाई
एकीकृत गरि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजबाद उन्मुख एतिहासिक कार्यभारसहित भएको दुई ठुला कम्युनिस्ट पार्टीको एकता गौरबपूर्ण रहेको भन्दै बिज्ञप्तिमा सो एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टी सदस्यहरुलाइ आग्रह गरिएको छ।