नेकपा विवाद :परिस्थिती गम्भीर बन्दै गएको नेम्बाङको संकेत



काठमाडौं , १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गएपछि समाधानका लागि नेताहरुबीचको छलफलले यतिबेला तीव्रता पाएको छ। जारी सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा गर्नुपर्ने दबाब कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल पक्षले सृजना गरेपछि पेचिलो बन्दै गएको नेकपा भित्रको विवाद यतिबेला उत्कर्षमा छ।

यहि बिबादका कारण दुई अध्यक्षबीच बढ्दो दुरी कम गर्ने प्रयासस्वरुप दाहाल निबास पुगेका ओलि पक्षीय नेताहरू बिहीबार बिहान निराश भएर फर्किएका छन। दाहालसँगको छलफलमा सहभागी नेता सुवास नेम्वाङले परिस्थिति सोचेभन्दा बढी गम्भीर रहेको बताए । तर के हुन्छ भन्नेबारेमा अहिले केही बताउन नसकिने उनको भनाइ थियो । “परिस्थिति निकै गम्भीर छ । सोचेभन्दा पनि गम्भीर छ । यसै होला भनेर म पनि भन्न असमर्थ छु । आज प्रचण्डले अढाइ वर्ष अनुभूत गरेको खुरा खुलाखुलस्त भन्नुभयो ।

उहाँले मैले ह्युमिलेट फिल गरेँ भन्नुभयो,” उनले भने ।  छलफलमा ओली पक्षका स्थायी कमिटीमध्ये पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ, छविलाल विश्वकर्मा थिएनन् । झण्डै साँढे तीन घण्टा छलफल चलेको थियो । ओलीनिकट नेताहरूले दुई अध्यक्षकै पहलकदमीका कारण पार्टी एकता भएकाले अहिले विभाजनको दिशामा जान नहुने बताएका थिए ।  पार्टीभित्र जति पनि समस्या छन्, ती सबै दुई नेता एकठाउँमा बसेर हल गर्नुपर्ने बताएको नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्