कोरोनाका कारण बंगलादेशका रक्षा सचिबको मृत्यु



एजेन्सी– कोरोना भाइरस संक्रमणका कारण बंगलादेशका रक्षासचिव अब्दुल्लाह अल मोहसीन चौधरीको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान उनको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।

सरकारी अधिकारीहरुका अनुसार उनको उपचारका क्रममा निधन भएको हो । ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनलाई जुन ६ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई जुन १८ बाट अति सघन कक्षमा राखेर उपचार गराइएको थियो ।

अहिलेसम्म बंगलादेशमा कोरोनाभाइरसबाट एक हजार ७ सय ३८ जनाको मृत्यु भएको छ भने एक लाख ३७ हजारजना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्