रुसद्वारा अमेरिकी सेना मार्न अफगानी विद्रोहीलाई मोटो रकम प्रस्ताव
एजेन्सी – अमेरिकी अधिकारीहरुले अफगानिस्तानका विद्रोहीहरुलाई अमेरिकी सेना मार्न रुसले मोटो रकम प्रस्ताव गरेको बताएका छन् । अमेरिकी गुप्तचरहरुले अमेरिकी अफगानिस्तानी विद्रोहीहरुलाई मोटो रकम प्रस्ताव गरेर अमेरिकी सेना र नेटोमा आवद्ध सेना मार्न प्रस्ताव गरेको निष्कर्ष निकालेको छ ।
अफगानिस्तानमा लामो समयदेखि हिंसा जारी छ । सन् २०१९ मा विद्रोहीहरुले २० जना अमेरिकी सेना मारेका थिए । यसमा रुसको संग्लग्नता भएको अमेरिकी गुप्तचर संस्थाले निष्कर्ष निकालेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार यो रिपोर्ट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाइएको छ । समाचारमा जनाइए अनुसार, अफगानी विद्रोहीहरुसँग रुसको पनि संग्लग्नता देखिएको छ । गत फेब्रुअरी २९ मा अफगानी विद्रोही तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतालाई अमेरिका र तालिबान दुवैले मनन गरिरहेका छन् ।
अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाउने तथा तालिबानले पनि हिंस्रक गतिविधि रोकेर सरकारसँग वार्ता गर्ने गरी सम्झौता भएको थियो ।