एक बर्षसम्म ५० प्रतिशत घरभाडा छुट दिन र भाडा नबढाउन पर्यटन सम्बद्ध संघ संस्थाको माग
काठमाडौं,१० असार ।कोरोना महामारी तथा लकडाउनका कारण ठमेल लगायतका पर्यटीयस्थलहरुमा विभिन्न ब्यबसाय गरिरहेका ब्यबसायीहरुलाई हाल परिरहेको प्रत्यक्ष प्रभाव सहजीकरणका लागि ठमेल पर्यटन बिकास परिषदका उपाध्यक्ष भविश्वर शर्माको अध्यक्षतामा गठित कोभिड(१९ पर्यटन ब्यबसायी बिपत समन्वय समितिले ठमेल लगायत पर्यटकीय क्षेत्रमा ५० प्रतिशत घरभाडा छुट दिन आग्रह गरेको छ।
संयोजक शर्माको अध्यक्षतामा पर्यटनसंग सम्बद्ध विभिन्न संघसंस्थाहरुबीचको बृहत छलफल पछि पर्यटन ब्यबसायी बिपत ब्यबस्थापन समितिद्वारा जारी बिज्ञप्तिमा सो माग गरिएको हो।ब्यबसायी र घरधनिबीच जे जस्तो सम्झौता भएको भएपनि लकडाउन सुरु भएको मितिदेखि एक बर्षसम्म दुबै पक्षको धष्ल(धष्ल हुनेगरी ५० प्रतिशत भाडा छुट दिन र भाडा नबढाउन पनि आग्रह गरिएको छ।
ठमेल पर्यटन ब्यबसायी परिषद, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल , नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स, नेपाल पर्बतारोहण संघ लगायत पर्यटन सम्बद्ध ११ संस्थाहरुद्वारा संयुक्त रुपमा हस्ताक्षरित सो बिज्ञप्तिमा ब्यबसायीहरुले उपयोग गर्ने विद्युत महसुल र ईन्टरनेट शुल्कमा ५० प्रतिशत छुट र विद्युतको उठेको युनिटको मात्र शुल्क लिन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको पनि उल्लेख गरिएको छ।
कोभिड(१९ का कारण धराशायी बनेको पर्यटन र पर्यटनसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको ठमेल लगायतका पर्यटकीय क्षेत्र र ब्यबसायीहरुलाइ जोगाउन घरधनी,ब्यबसायी र सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदै बिज्ञप्तिमा भनिएको छ,(ुसबै पक्षसंग रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा गर्दछौं।