नारायणगढ–मुग्लिन सडक खुल्यो
धादिङ ४ असार । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि एक तर्फि खुलेको छ । हिजो बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक एक तर्फि सञ्चालन गरिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो ।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागे पनि सवारीको चाप रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।