हिरासतमा नै प्रहरीले मान्छे मारेको आरोपमा सप्तरीमा प्रदर्शन थुनुवा मारेको आरोपमा सप्तरीमा विरोध प्रदर्शन



सप्तरी १ असार । प्रहरी हिरासतमा नै थुनुवा मारेको आरोपमा सप्तरीमा विरोध प्रदर्शन भएको छ र धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले नै हत्या गरेको भन्दै सोमबार सप्तरीको सदरमुकाम राजविराजमा प्रदर्शन भएको छ ।

नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै प्रर्शन गरिएको हो । धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयले भने सदाको हत्या नै भएको दाबी गर्दै आएका छन् । दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शनकारीले बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रहरी हिरासतमा मान्छे मार्न पाइदैन्, प्रहरी दमन बन्द गर, शम्भु सदालाई न्याय दे लगायतका प्लेकार्ड सहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्