लिखुपिके अध्यक्ष-उपाध्यक्षमाथि आक्रमण, आक्रमणकारीमाथि कडा कार्बाहिको माग
राजेन्द्र बस्नेत,
सोलुखुम्बु, ३२ जेठ।जिल्लाको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतमाथि हातपात र दुर्ब्यहार भएको घटनाको चौतर्फी बिरोध सुरु भएको छ।
गाउँपालिकाको वडा नं ४ डुंडामा गठन भएको सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै पालिका प्रवेश गरेका कांग्रेस नेता शुभराम बस्नेतसहितको टोलि एक्कासी कार्यकक्षमा प्रवेश गरी उनीहरूमाथि गरेको दुर्ब्यबहारको जिल्लाका अन्य स्थानीय तह र नागरिक समाजबाट चर्को बिरोध भएको हो।बस्नेतसहित नेपाली कांग्रेस काठमाडौं(सोलुखुम्बु सम्पर्क समितिका सचिब सरोज बस्नेत र लिखुपिके गाउँकार्य समिति सभापति सुवर्ण बहादुर बस्नेत सहितको टोलिले ताण्डब मच्च्याएपछि अहिले गाउँपालिकाको काम ठप्प हुन पुगेको छ।कार्यकक्षमै अध्यक्ष उपाध्यक्षमाथि कुटपिट भएपछि त्यसको बिरोधस्वरुप कर्मचारीले कामकाज ठप्प पारेका छन।सुरक्षाको पुर्ण प्रत्याभूति नभएसम्म काम गर्न नसकिने कर्मचारीको अडान छ।
उता घटना लगत्तै आक्रमणमा संलग्न बस्नेतसहितको टोलिलाइ प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ।उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय ल्याइंदै गरेको प्रहरीले जनाएको छ।
पालिका अध्यक्ष बस्नेतले गुण्डागर्दीशैलिमा कानुनलाई हातमा लिने प्रयास खेदजनक भएको बताउदैं कानुनी कार्बाही गर्नुपर्ने निकायले पटक पटक उन्मुक्ति दिंदा अराजकताले सीमा नाघेको प्रतिक्रिया दिनुभयो ।सामान्य असन्तुष्टि सम्बोधनका लागि पालिकाले पहलकदमी लिइरहेका बेला एकाएक आक्रमणमा उत्रनु अराजकताको पराकाष्ठा भएको वंहाको टिप्पणी छ।
यसैबीच,जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राइले घटनाको घोर भत्सर्ना गर्नुभएको छ।
आइतबार एक बिज्ञप्ति प्रकाशित गरि राइले स्थानीय सरकार प्रमुखमाथि कार्यालय समयभित्र हातपात र दुर्ब्यबहार हुनु अत्यन्त दुस्खद र खेदजनक रहेको बताउनु भएको छ।गुण्डागर्दी शैलीमा भएको हातपात र दुर्ब्यबहारले बिधिको शासनमाथी नै चुनौती खडा गरेको उल्लेख गर्दै राइद्वारा जारी बिज्ञप्तिमा घटनाका दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा कार्बाही गरि कानुनी शासनको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ।ुअन्यथा यसबाट उत्पन्न हुने परिष्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने जानकारी गराउंदछुु,(अध्यक्ष राइद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।यसैगरी राष्ट्रिय युबासंघ नेपाल सोलुखुम्बुले पनि बिज्ञप्तिमार्फत घटनाको निन्दा गरेको छ।
उता आफ्ना नेताकार्यकर्तालाई षड्यन्त्रपुर्वक ढ्ङ्गले फसाउन खोजिएको भन्दै लिखुपिके काङ्ग्रेसले आपत्ति जनाएको छ। घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै पालिकामा तालाबन्दी गरेको छ ।