अमेरिकामा फेरी प्रहरीले हानेको गोली लागेर अश्वेत ब्यक्तिको मृत्यु, प्रहरी प्रमुखद्धारा राजिनामा



काठमाडौं ३२ जेठ । एक अश्वेत व्यक्तिको प्रहरीले हानेको गोली लागेर मृत्यु भएपछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।

आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् ।

२७ वर्षका रेशर्ड ब्रुक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली ब्रूक्सलाई लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी छन् । प्रहरी प्रमुख एरिकाले शनिबार राजीनामा बुझाएकी हुन् । उक्त घटनापछि दोषीलाई कारवाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!