प्रेस काउन्सिलको ५० बर्षे इतिहास प्रकाशित हुने



काठमाडौं, ३० जेठ। प्रेस काउन्सिल नेपालले काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन गर्ने भएको छ।

काउन्सिलको महत्वपूर्ण बोर्ड निर्णयहरु, पत्रकारितासँग सम्बन्धित कानुन, पत्रकार आचारसंहिताको इतिहास, ऐन, नियम, विनियम, संरचनाको विकास तथा विस्तार, पूर्व अध्यक्षहरुको अनुभवसहितको अन्तर्वार्तालगायत विषयवस्तु समावेश गरेर प्रकाशन गर्न लागिएको सो पुस्तकको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

काउन्सिलका अनुसार सदस्य संगीता खड्काले शुक्रबार एक कार्यक्रमबीच प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तकको ६०० पृष्ठ लामो पाण्डुलिपी काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हस्तान्तरण गरेकी छन । काउन्सिल बोर्डले पाण्डुलिपिको पर्याप्त अध्ययन गरेर सुझाव दिएपछि सो पुस्तक प्रकाशित गरिने काउन्सिलले जनाएको छ।काउन्सिलले आफ्नो स्वर्ण जयन्तीको अवसरमा पुस्तक प्रकाशन गर्न लागेको हो।

पुस्तक तयार पार्ने जिम्मेवारीमा सदस्य संगीता खड्का र चेतनाथ धमला रहेको काउन्सिलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्