माप्यदुधकोशी काठमाडौं सम्पर्क कमिटीको भित्तेपात्रो सार्बजनिक



काठमाडौं, २९ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माप्य दुधकोशी-काठमाडौं सम्पर्क कमिटीले २०७७ को भित्तेपात्रो (क्यालेन्डर) सार्वजानिक गरेको छ ।

काठमाडौंको टुसालमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद हेम कुमार राईले बुधबार भित्तेपात्रो सार्बजनिक गरेका हुन।

सम्पर्क आयोजक कमिटीका अध्यक्ष चन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा सोलुखुम्बुका सचिव गोम्बु शेर्पा ( कर्ज्याङ), माप्य दुधकोशी १ का वडा अध्यक्ष अगम कुमार राई लगायतको उपस्थिति रहेको थियो।

कोरोना भाइरसको प्रकोपका कारण क्यालेन्डर प्रकाशनमा ढिलो भएको अध्यक्ष घिमिरेले बताए।घिमिरेका अनुसार कार्यक्रममा स्थानीय आङ्टु राई नेकपामा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्