बुधबार देशभर थपिए २७९ जना संक्रमित, जम्मा संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो



काठमाडौं २८ जेठ । नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्। जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन्।

संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन्। निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ। मन्त्रालयका अनुसार बुधबारसम्ममा देशभर संक्रमितको संख्या पनि बढेर ४ हजार ३६४ पुगेको छ। जसमा अधिकांश संक्रमित पुरुष रहेका छन्। पुरुषको संख्या ४०६६ रहँदा महिलाको संख्या केबल ३०९ मात्रै रहेको छ।

प्रतिक्रिया दिनुहोस्