आगामी बर्ष देखि रेल सन्चालन हुन्छ: मन्त्री नेम्बाङ
काठमाडौं, २६ जेठ। भौतिक पूर्बाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले नयाँ आर्थिक वर्षमा नेपालको झण्डा फहराएर रेल सञ्चालन हुने बताएका छन् ।
विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको सोमवार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री नेम्वाङले आगामी आर्थिक वर्षमा नेपालको झण्डासहितको रेल चल्ने बताएका हुन् ।
‘दुइवटा रेल खरिद गरेर निर्माण सम्पन्न भएको छ, आर्थिक वर्ष २०७७र०७८ मा नेपालको झण्डा फहराएर त्यो रेल जयनगर जनकपुरमा चल्नेछ,’ मन्त्री नेम्वाङले भने ।
केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौ रेल्वे संचालनका लागि दुवै छिमेकी मुलुकसँग छलफल र गृहकार्य चलिरहेको उनले बताए ।
मन्त्री नेम्वाङले पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउन बजेट व्यबस्था गरिएको बताए । काठमाडौंको सवारी जाम कम गर्न अण्डरपास र फ्लाइ ओभर बनाइने बताए ।