निर्माणाधीन दुधकोसी सामुदायिक अस्पताललाई नेचासल्यानको ६ लाख सहयोग



सोलुखुम्बु , २६ जेठ। नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले उत्तरी छिमेकी गाउँपालिका थुलुङ दुधकोसीमा निर्माणाधीन अस्पतालका लागि ६ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन।

अस्पताल निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले गतबर्ष आयोजित महायज्ञमा गाउँपालिकाकातर्फबाट घोषित रकम थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष अशिम थुलुङलाइ हस्तान्तरण गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिए।आवश्यकताका आधारमा बिकास आयोजनाको छनौट गरि एक-आपसमा सहयोगको आदानप्रदान गर्न सकेको खण्डमा बिकास निर्माणले गतिलिने अध्यक्ष बास्तोलाको भनाइ छ।

सहयोग रकम ग्रहण गर्दै थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष थुलुङले यो सद्भावका लागि नेचासल्यान गाउँपालिकाका जनप्रतिनिधिसहित सम्पुर्ण जनतामा गाउँपालिकाकोतर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । दुधकोसी सामुदायिक अस्पताललाई जिल्लाका आठवटै स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेस र संघ सबैतिरबाट सहयोग प्राप्त भएको भन्दै उनले अस्पताल जिल्लाकै साझा अस्पतालका रूपमा स्थापित भएको बताए।

अध्यक्ष राइकै दृढ इच्छा शक्तिका कारण अस्पताल निर्माणको क्रम अघि बढेपनि निर्माण कार्यभने गत मंसिरबाट सुरु भएको थियो।गाउँपालिकाको केन्द्र मुक्लिमा ३२ रोपनीको क्षेत्रफलमा निर्माण भैरहेको सुबिधासम्पन्न ५० सैय्याको सो अस्पताल रु.१० करोड १० लाख ७२ हजार सात सय ५३ रुपैयमा निर्माणको जिम्मा रौता कुवँर जेभिले पाएको छ।अस्पताल निर्माणको झण्डै ४० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष थुलुङले जानकारी दिए।

अस्पतालको गत चैत २ गते सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरल र प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले संयुक्त रुपमा सिलान्यास गर्नुभएको थियो । अस्पताल निर्माणकै लागि आयोजना गरिएको सप्ताहव्यापी महायज्ञमा जिल्ला लगायत अन्य विभिन्न क्षेत्रका नागरिकले लाखौ रकम सहयोगको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्