कोरोना स्वाव संकलनका लागि तालिम सञ्चालन गरिने



लावण फुयल
सोलुखुम्बू , २५ जेठ। सोलुखुम्बू जिल्लाका प्रत्येक स्थानीय तहमा कोरोना भाइरसको स्वाव संकलनका लागि जनशक्तिको बिकास गर्न जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा तालिम सञ्चालन गरिने भएको छ।
जिल्ला समन्वय समितिको पहलमा आइतबार बसेको स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो। समन्वय समितिका अध्यक्ष बीरकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सबै स्थानीय तहले आवश्यक मात्रामा स्वास्थ्य सामाग्रीहरुको यथोचित ब्यबस्था गर्ने निर्णय समेत गरेको छ। बैठकले बिदेशबाट आउन सक्ने सम्भावित ब्यक्तिहरुको आंकलन गरि प्रत्येक स्थानीय तहले उनीहरुलाइ पुग्ने गरि आवश्यक संख्यामा क्वारेइन र आइसोलेसनको बेडको ब्यबस्था गर्ने र जिल्ला सदरमुकाममा आइसोलेसन बेडको संख्या वृद्धि गर्न पहल गर्ने निर्णय भएको अध्यक्ष राईले जानकारी दिए।
अध्यक्ष राईका अनुसार कोरोनाका कारण कसैको निधन भएमा जिल्ला रेडक्रससँगको समन्वयमा रेडक्रसले उपलब्ध गराएको जग्गामा शब ब्यबस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्