कोरोनाले लियो थप एकजनाको ज्यान, जम्मा संख्या १३ पुग्यो



काठमाडौं २४ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । धनगढी ४ की ५५ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको छ। साथै शनिबार स्वास्थ्य मन्त्रालयद्धारा गरिएको प्रेस व्रिफिङमा डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पनि पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको बताएका छन । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो।
दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए। त्यसैगरी मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताए। मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए।

यद्यपी यस अघि नै कर्णाली प्रदेश सरकारको स्वास्थ्य सेवा महाशाखाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्