केदार माबिले कक्षागत पुस्तक विद्यार्थीको घरघरमै पुर्‍याउने



सोलुखुम्बु , २१ जेठ। जिल्लाको नेचासल्यान गाउँपालिकास्थित श्री केदार माध्यमिक विद्यालयले विद्यार्थीहरुको घरदैलोमै पुर्‍याएर कक्षागत पुस्तक बितरण गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणका कारण बिद्यालयमा भीडभाड गर्नु जोखिम हुने भएका कारण ब्यबस्थापन समितिका अध्यक्ष रामकाजी राइको उपस्तिथिमा आज सम्पन्न शिक्षक बैठकले विद्यार्थीहरुलाइ उनीहरूको घरघरमै लगेर पुस्तक बितरण गर्ने निर्णय गरेको हो ।

सेवाक्षेत्र भित्रका टोल-टोलमा शिक्षकहरुलाइ पठाएर पुस्तक बितरणसंगसंगै कोरोना भाइरससम्बन्धि जनचेतनामूलक जानकारी अभिभावक तथा विद्यार्थीहरुलाइ गराइने कार्यक्रम समेत रहेको बताइएको छ ।

असार २ र ३ गते विद्यालयको सेवाक्षेत्र भित्रका टोलमा पुगेर कक्षागत पुस्तक वितरणका लागि टोलि बिभाजन गरिएको शिक्षक छवि बास्तोलाको भनाइ छ।बास्तोलाका अनुसार पुस्तक बितरणका लागि साबिक नेचाबेतघारी गाबिस वडा नं(१ मा छवि बास्तोला र खडानन्द बास्तोला,२ नं वडामा विरबहादुर भण्डारी, सुवास भण्डारी र युवराज कटेल ,३ नं वडामा झुना फुयल र कृष्णप्रसाद कटेललाई परिचालन गरिने छ।

यसैगरी, साबिक ४ नं वडामा सपना कटेल र छवि बास्तोला, ५ नंमा जनबहादुर राई र शर्मिला राई, ६ र ७ नं मा लेख कटेलर खिल बास्तोला ८ नं मा नन्दराज राई, खिल बास्तोला र लेख कटेल ९ नं मा जयकुमारी राई तथा साविक नेचा बतासे गाबिसमा कृष्ण बाबु सार्की र प्रअ एकराज शर्मालाई परिचालन गर्ने निर्णय भएको बास्तोलाले जानकारी दिए।पुस्तक बितरणपछि विद्यार्थीहरुलाइ बिषयगत शिक्षकसंग सम्पर्क गरि लकडाउनभर आफ्नो पढाई अगाडी बढाउन सहज हुने विद्यालयको अपेक्षा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्