भारतबाट आएको समुह र प्रहरीबीच दशगजामा झडप



काठमाडौं,१८ जेठ। सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतबाट आएको एउटा समूहबीच झडप भएको छ।

बिहान सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ।

३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्रहरीले जानकारी दिएको छ।सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्