भक्तपुरमा टिपरले ठक्करदिदा डयुटीमा रहेका प्रहरी नायव निरीक्षक (सई) को मृत्यु



भक्तपुर १३ जेठ । टिपरको ठक्करबाट भक्तपुरमा प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ । सोमबार राती सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई घर्ती घाइते भएका थिए।
घाइते सईको नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ।
चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्