भारतीय ह्‍याकरद्वारा प्राधिकरणको वेबसाइट ह्याक



काठमाडौं ११ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेबसाइट ह्‍याक भएको छ । प्राधिकरणो वेबसाइड भारतीय ह्याकर समूहले ह्याक गरेका हुन । प्राधिकरणको वेबसाइट ह्‍याक गरेपछि भारतीय झण्डा पनि राखिदिएका छन्।
‘घोष्ट ०५७_५पि३सी७०६’नामको ह्याकरको समूहले प्राधिकरणको साइट ह्याक गरेर एउटा सन्देश पनि छाडेको छ। ुहामी शान्त छौं, त्यसको मतलब केही गर्न सक्दैनौँ भन्‍ने होइन,ु उनीहरुले छाडेको सन्देशमा भनिएको छ। नेपाल नागरिक उडयन प्राधिकरणको वेबसाइट ह्याक भएको जानकारी प्रवक्ता राजकुमार क्षेत्रीले दिए।
वेबसाइटमा कुनै पनि समस्या नहुने गरि प्राधिकरणका आइटी विज्ञले काम गरिरहेको उनले बताए। उनले भने,ुह्याक भएपछि अहिले सबै सिस्टम अफ गरेर काम भइरहेको छ।’ नेपाल(भारत सीमा विवादसँगै ण्‘साइबर युद्ध’ ह्याकरको समूहले ट्विटरमार्फत आइतवार अपरान्ह उक्त सूचना दिएका छन्। ह्याकरको पहुँचमा पुगेको क्यानको वेबसाइट अहिले खुल्न छाडेको छ।
नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर दुई देशबीच तनाव बढिरहेका बेला ह्याकरबीच साइबर युद्ध नै चलेको छ। पछिल्लो पटक नेपाली ह्याकरले भारतका करिब ८ हजार आधार कार्डसहितको डाटा ह्याक गरेर सार्वजनिक गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्