नेसनल प्याव्सन काठमाडौं जिल्ला समितिले विस्तारित बैठक गर्ने



काठमाडौं, १० जेठ ।राष्ट्रिय निजि तथा आवासीय विद्यालय संगठन नेपाल (नेसनल प्याव्सन) काठमाडौं जिल्ला समितिले विस्तारित बैठक आयोजना गर्ने भएको छ।

“शिक्षा क्षेत्रको समसामयिक विषय “मा आधारित रहेर हुने सो बैठकमा नेसनल प्याव्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा,प्रमुख सल्लाहकार कर्ण बहादुर शाही ,केन्द्रिय महासचिव सुवाष न्यौपाने ,नेसनल प्याव्सन बागमती प्रदेसका अध्यक्ष प्रवोध प्रभाकर रिजाल ,काठमाडौं जिल्ला समितिका पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार बिष्णु पराजुली र काठमाडौं जिल्ला अध्यक्ष खड्ग बहादुर बस्नेत वक्ता रहने जिल्ला समिति सह सचिव समिर वास्तोलाले जानकारी दिए ।

जेष्ठ १२ गते सोमवार जुम एप्लिकेसनमा २ बजे हुने सो बैठकमा सहभागी भइ आ(आफ्नो सुझाव दिन पनि बास्तोलाले आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्