भारतीय वरिष्ठ पत्रकार भन्छन-‘कालापानी क्षेत्र नेपालकै हो’



काठमाडौं १० जेठ नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन्। भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उनले यस्तो बताएका हुन्।

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गरेका हुन्। यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उनले बताएका छन्।

‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार बर्माले भनेका छन्,’ सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो,’ उनले भने, ‘तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो।’

प्रतिक्रिया दिनुहोस्