थप १७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४ सय ४४ पुग्यो
काठमाडौं ८ जेठ । नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार धरानस्थित वि। पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो।
झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ। नयाँ सङ्क्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एक जना महिला छिन्।
नयाँ सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका विज्ञप्तिमा जनाइएको छ।