पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न सोलुका पत्रकारको माग



सोलुखुम्बु। नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सोलुखुम्बुमा कृयाशील पत्रकारहरुको पिसिआर विधिवाट कोरोना परीक्षण गर्न आग्रह गरेको छ ।

जिल्ला शाखाका अध्यक्ष मनोज श्रेष्ठ नेतृत्वको पत्रकार टोलीले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग भेट गरी मंगलबार सो आग्रह गरेको हो।नागरिकको घर घरमा सुचना पुर्याउन अहोरात्र खटिएका पत्रकारहरु संक्रमणको उच्च जोखिम रहेको बताउंदै पिसिआर विधिवाट उनीहरूको कोरोना परीक्षण गर्न आग्रह गरिएको श्रेष्ठको भनाइ छ।

महासंघको आग्रहमा स्वास्थ्य प्रमुख रमेश खकुरेलले छिट्टै पिसिआर टेस्टका लागि प्रक्रिया अघि बढाउने बताए । उनले सबै पत्रकारहरुको परिक्षण सम्भव नभएपनि सिमित संख्यामा परिक्षण अघि बढाउन सकिने बताएको जानकारी पनि श्रेष्ठले दिए।

प्रतिक्रिया दिनुहोस्