काठमाडौं नक्सालका ‘सुरक्षागार्ड’लाई पनि कोरोना संक्रमण



काठमाडौं ७ जेठ । काठमाडौं नक्सालका सुरक्षागार्डलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंका भनिएका अर्का संक्रमित नक्सालका व्यक्ति भएको खुलेको हो ।

प्राप्त सुचना अनुसार उनी सुरक्षागार्ड रहेको खुलेको छ । उनी सुरक्षागार्डको रुपमा कार्यरत रहेको विवरण प्रारम्भिक जानकारी भएको सुरक्षा स्रोतले जानकारी दियो ।

उनीको कन्ट्याक ट्रेसिङ भइरहेको सुरक्षा स्रोतले बतायो । कन्ट्याक ट्रेसिङका आधारमा उनको विस्तृत विवरण निकालिनेछ । त्यसपछि त्यसको आधारमा सबैको कोरोना परिक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्