कालापानी क्षेत्रमा पुग्यो सशस्त्र, छारुङ्गमा खुल्यो बिओपी कार्यालय



काठमाडौँ, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी क्षेत्रमा चौकी स्थापनाको काम गरेको छ । कालापानी र लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको हो । सशस्त्र प्रहरीको इन्सपेक्टरको नेतृत्वमा टोली कालापानी क्षेत्रमा पुगेर चौकी स्थापनाको काम सम्पन्न भएको छ ।
सरकारको निर्णयपछि सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी ९बिओपी० स्थापनाका लागि काठमाडौँबाट टोली पठाएका हुन । बुधबार छाङरुमा सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन समेत सम्पन्न भएको छ । सशस्त्रले २५ जनाको टोली बिओपीमा खटाएको छ ।

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । त्यसपछि सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन निर्णय गरेको हो । प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीले अब कालापानी क्षेत्रको सीमा सुरक्षाको काम गर्नेछ । सशस्त्रले आफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भौतिक संरचना समेत बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्