क्रियाशील पत्रकारको चुलो निभ्न दिंदैनौं: अध्यक्ष बिडारी



काठमाडौँ, ३१ बैशाख । नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तराम बिडारीले समाजमा सत्य तथ्य सूचना सङ्कलन तथा समाचार प्रवाहमा क्रियाशील पत्रकारको चुल्हो निभ्न नदिने बताएका छन। बिश्वब्यापी महामारीको रुपमा फैंलिदै गएको कोरोना संक्रमणका बीच कार्यक्षेत्रमा गएर समाचार संकलन गर्नु जोखिमपुर्ण रहेको बताउंदै बिडारीले सर्जिकल सप्लायर्स एशोसिएशन अफ नेपाल (सान) ले एक हजार मास्क र एक थान थर्मगन प्रदान गर्न आयोजित कार्यक्रममा सो कुरा बताएका हुन।
अध्यक्ष बिडारीले दिन प्रति दिन कोरोना संक्रमितहरुको संख्या बढी रहेकोमा चिन्ता व्यक्त गर्दै सुरक्षित भएर समाचार संकलन गर्न पत्रकारहरुलाइ आग्रह गरेका थिए।उनले जोखिमपुर्ण अवस्थामा अग्रमोर्चामा रहेर जनतालाइ सुसूचित गरिरहेका पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचार तथा बीमाका लागि सरकारसँग माग समेत गरे।
कार्यक्रममा सानका अध्यक्ष रमण कायस्थले शाखाका अध्यक्ष शन्तराम बिडारीको तापक्रममापन गरेर थर्मगन तथा उपाध्यक्ष हरि रञ्जितकार र सचिव सुदन पराजुलीले शाखाका अध्यक्ष बिडारीलाई संयुक्तरूपमा मास्क प्रदान गरेका थिए ।
महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्तद्वारा संचालित सो कार्यक्रममा सानका अध्यक्ष कायस्थले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न दाताबाट खाद्य सामग्री सङ्कलन गरी आफ्ना २५० सदस्यलाई वितरण गरेको जानकारी गराइएको थियो।शाखाले लकडाउनमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्