अमेरिकाबाट प्रधानमन्त्रीलाई एउटा मार्मिक पत्र-‘हामी अर्काको देशमा अकालमैं मर्नु पर्ने हो ?’
काठमाडौं, ३० बैशाख।कोरोना भाइरस (Covod-19) को संक्रमणका कारण बिश्वभर दैनिक हजारौंको मृत्यु भइरहेको छ। हजारौं संक्रमित दैनिक थपिइरहेका छन। बढ्दो लकडाउनले अर्थतन्त्रमा गिरावट आएपछि बेरोजगार हुनुको पीडा अर्कातिर छ।
कोरोनाका कारण उत्पन्न यो अवस्था ले अहिले सबैभन्दा बढी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाइ पिरोलेको छ।संक्रमित हुने र मृत्युहुने हरुको बड्दो संख्याले उनीहरू भयभीत छन,मर्नै परे आफ्नै देशमा गएर मर्ने चाहनाले उनीहरूमा स्वदेश फर्कने हुटहुटी छ। तर उनीहरूको क्रन्दन र चीत्कार सुनी दिने कस्लेरु यो प्रश्न यतिबेला टड्कारो बनेको छ।
सरकार त छ, तर उनीहरूको आर्तनाद सुन्न सक्ने हैसियत उ संग छैन।उनीहरूले नै पठाएको रेमिटेन्सले उग्राएर सरकार बहिरो बनेको अभिनय गरिरहेको छ। यहि परिप्रेक्ष्यमा अमेरिकामा रहेका एक नेपालीले सामाजिक सन्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाइ एक मार्मिक पत्र लेखेका छन। सोलुखुम्बु जिल्लाको तत्कालीन नेचा बेतघारी वडा नं -२ नेपालको ठेगाना रहेका कुमार भट्टराईले प्रधानमन्त्री ओलीलाई यो पत्र लेखेका हुन।अमेरिकी ग्रीनकार्ड होल्डर भट्टराईले पत्रमार्फत आफुले ग्रीनकार्ड त्यागेर नेपाल फर्कने भन्दै आफू जस्तै बिदेशमा रहेका अन्य नेपालीहरुको तत्काल उद्दार गर्न प्रधानमन्त्रीसंग अनुनय गरेका छन्। प्रस्तुत छ, भट्टराईले प्रधानमन्त्रीलाई लेखेको पत्र जस्ताको तस्तै
सम्माननीय प्रधानमन्त्री ज्यू,
आराम त के भनौं बाध्यात्मक रहि आरामताको कामना गर्दछु । म अहिले बैदेशिक रोजगारीको सिलसिलामा अमेरिकास्थित भर्जिनिया भन्ने राज्यमा कार्यरत छु।अहिले बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना अमेरिकामा भयाबह रुपमा फैलिरहेको छ । अमेरिकामा लाखौंको संख्यामा नेपाली कामदार कार्यरत छन।
अमेरिकामा नेपालीहरुको अभिभाबकको रुपमा रहेको राजदुतावास लगायत अरु विभिन्न संघ संस्थाले गरेका कुनै पनि काम प्रभावकारी देखिएका छैनन ।कोरोना भाईरसको सन्त्रासका बीछ हामी नेपाली बस्न बिवश छौ। गरिबी भनौं या बाध्यता जुनसुकै कारणले भएता पनि हामी बिदेशमा खुन-पसिना बगाई रहेका छौ।हाम्रो मेहनतले नै राज्य संचालनका निमित्त नेपालमा रेमिट्यान्स भित्रिइरहेको छ ।यो बिषयमा तपाई पनि अनबिज्ञ हुनुहुन्न।
प्रधानमन्त्री ज्यू,
अमेरिकामा म लगायत हजारौंको संख्यामा नेपालीहरु कार्यरत छौं । अमेरिका लगायत अन्य देशमा रहेका लाखौं आफ्ना नागरिक कुन अबस्थामा छन भनेर जानकारी राख्नु तपाईंको जिम्मेवारी हो र राख्नु भएको पनि होला ।प्रधानमन्त्री ज्यू,
के हामी अर्काको देशमा अकालमा नै मर्नु पर्ने हो रु हालसम्म अमेरिकामा संक्रमितहरुको संख्या कति छ र दैनिक कतिले ज्यान गुमाइ रहेका छन भन्ने कुरा मैंले यहालाइ जानकारी गराइरहनु पर्ने बिषय हो जस्तो मलाई लाग्दैन । यहाँले पनि सुन्नु र बुझ्नु भएकै कुरा हो, नेपालीहरुले पनि एकपछी अर्को गरि ज्यान गुमाउनेहरुको संख्या थपिंदो छ।
प्रधानमन्त्री ज्यू,
स्थिति भयावह हुँदै गैरहेको छ।म अमेरिकाको ग्रीनकार्ड भएको ब्यक्ति हुँ । मेरो परिवार यतै छ ।तर म र मेरो परिवार बाँच्न चाहन्छ । बांचे संसार देखिन्छ भन्ने आहान छ। त्यसैले म र मेरो परिवार अर्काको देशको ग्रीन कार्ड त्यागेर आफ्नै देशमा फर्कन चाहन्छौं। म लगायत स्वदेश फर्कन चाहने के कति छनरु तिनिहरुको नामावली संकलन गरेर चांडो भन्दा चांडो हाम्रो उद्दार गरियोस् ।एउटा अभिभावकसंग सचेत नागरिकको हैसियतमा मैंले यो गुनांसो गरेको हुं।मेरो र म जस्ता अन्य नागरिकहरुको यो गुनासो सम्बोधन गरेर अमेरिका लगायत अन्य मुलुकबाट हाम्रो उद्दार हुनेछ भन्ने कुरामा हामी आशाबादी छौं। गुनासो राज्यले बुझ्नु भन्ने कुरामा जरुरी छ ।
-कुमार भट्टराई
सोलुखम्बु, हाल भर्जिनिया अमेरिका