भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ सय पुग्यो



काठमाडौं ३१ बैशाख । – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ ।

एकैदिन अरु ३ हजार ४७५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ ।

४७ हजार ७०८ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २४ हजार ४२० जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्