अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाईने, गृहले गर्यो सबै पास रद्द



काठमाडौं, ३० बैशाख । पछिल्लो समय केही खुकुलो जस्तो हुंदै गएको लकडाउनमा सरकारले झन कडाइ गर्ने भएको छ। सकोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको छ। मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।
लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न अनुमति दिएको थियो। तर अब सो सुविधासमेत रोकिएको छ।
गृहको निर्णयअनुसार अब एक जिल्लाभित्र पनि जिल्ला प्रशासन कार्यालयबाट जारी पासले मात्र हिँडडुल गर्न पाइनेछ। सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा मात्र हिँडडुल गर्न दिने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
यस अघि बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाएकोमा असन्तुष्टि जनाउँदै कडा बनाउन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्