यस्तो पनि छोरो!जस्ले जिंउदै गाड्यो आफ्नी आमा
बेइजिङ (एपी)। उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पीडित आफ्नी आमालाई जिउँदै गा’डिदिएका छन् । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आरोपीले आफ्नी आमालाई जिउँदै चिहानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जीवित उद्धार गरिएको छ । पुलिसले आरोपी छोराविरुद्ध हत्या प्रयासको मुद्दा दर्ता गरेको छ ।आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वी’लचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

पुलिसले आरोपीलाई हिरासतमा लिएको छ। घटना शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आरोपीको पहिचान खुलाएको छैन । बचाउने व्यक्तिहरुका अनुसार चिहानबाट निकालेपछि पनि आमाले बचाउनको लागि गुहार मागिरहेकी थिइन् ।चाइना डेलीका अनुसार आरोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्यारालाइसिसबाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको मानिएको छ । यही कारण छोराले यस्तो अमानवीय र डरलाग्दो कदम उठाएका थिए । रिपोर्टका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् ।