कोरोना नमूना संकलन : हटस्पट बनेका तीन जिल्लामा सेना परिचालन
काठमाडौं, २६ बैशाख । सरकारले कोरोना भाइरसको संक्रमित संख्याको आधारमा हटस्पट बनेको उदयपुर, नेपालगञ्ज र वीरगंजमा नमूना संकलनका लागि नेपाली सेनाको टोली परिचालन गरेको छ ।
कोरोनाको हटस्पट उदयपुर, नेपालगञ्ज र वीरगंजमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उदयपुरमा कम्तीमा ५ सय, नेपालगञ्ज र वीरगंजमा कम्तीमा एकरएक हजार जनाको नमूना संकलन गर्नेगरी टोली खटाइएको बताए ।
वीरगंजमा बुधवार मात्रै २ महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण देखिएको थियो । नेपालगञ्जमा २३ जनामा संक्रमण देखिएको छ । उदयपुरमा २८ जना संक्रमित छन् । बिहीबार भने नयाँ संक्रमित थपिएका छैनन् । कुल संक्रमित संख्या ९९ छ । जसमा २२ जना निको भएकोमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ