“पालघर” हत्या प्रकरणको महासंघद्वारा निन्दा,अपराधीलाई तत्काल कारबाही गर्न माग



काठमाडौ , ११ बैशाख ।बिश्व हिन्दु महासंघ (अन्तर्राष्ट्रिय ) समितिले भारतभर साधु-सन्त -महन्तहरुलाइ निर्बाध हिंडडुल गर्न सक्ने वातावरण बनाउन भारत सरकार समक्ष आग्रह गरेको छ।भारतको महाराष्ट्रको” पालघर ” मा जुना अखडाका आचार्य महामण्डलेश्वर स्वामी श्री अवधेशानन्द गिरीका शिष्यहरुको बीभत्स हत्याप्रति निन्दा र भर्तसना गर्दै महासंघले विज्ञप्तिमार्फत सो आग्रह गरेको हो।

गिरीका शिष्यद्वय सुशील गिरी र कल्पवृक्ष गिरीसहित एक चालकको केही दिन अघि अज्ञात समूहले दाउरा र लाठी प्रहार गरि हत्या गरेको थियो।सो हत्या हिन्दु -सनातनीहरुका लागि निकै दु:खद बिषय भएको टिप्पणी गर्दै महासंघ (अन्तरास्ट्रिय ) समितिका महासचिव शम्भुहरी बास्तोलाद्वारा प्रकाशित सो बिज्ञप्तिमा गेरु बस्त्रधारी साधुसन्तहरु प्रहरीको सामुन्ने नै भारतमा सुरक्षित हुन नसकेको प्रती आश्चर्य व्यक्त गरिएको छ।

पालघरमा आततायीहरुको क्रुरताको सिकार भएका तीनै आत्माको शिबलोक प्राप्तिको कामना गर्दै महासचिव बास्तोलाले यस आपराधिक कार्यमा संलग्न समुहलाई तुरुन्त कार्बाही गर्न माग समेत गरेका छन।सो बिज्ञपति भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी,भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डा, गृहमन्त्री अमित शाह लगायतको ट्विटर ह्यान्डलमा समेत बास्तोलाले मेन्सन गरेका छन। फाइल तस्बीर: महासचिव बास्तोला

प्रतिक्रिया दिनुहोस्