पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने, फेसबुकमा जथाभावी लेखेको आरोप



काठमाडौँ ११ बैशाख । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ । प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो ।

साइबर ब्यूरोका एक प्रहरी अधिकारीका अनुसार उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप छ ।

उपाध्यायविरुद्ध ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्