कोरोना लागेर निको हुनेको संख्या झन्डै पांच लाख
विश्वभर महामारीको रुपमा फेलिएको कोरोना भाइरस कोभिड -१९ को सङक्रमणबाट आज बुधवार बिहान सम्म १ लाख २६ हजार ५३८ बढीको मृत्यु भएको छ ।भने कोरोना भाइरस (कोभिड -१९) संक्रमितको संख्या २० लाख नजिक पुगेको छ
१३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचार भइरहेका मध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ । सङक्रमण पश्चात हालसम्म ४ लाख ७८ हजार ३२६ जना ४ लाख ७८ उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा २५ हजार ९८९ जनाको मुत्यु भइसकेको छ भने,इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् । एजेन्सी