नेचासल्यान: अनुगमन नहुंदा ब्यबसायीको मनोमानी, मुल्यसूचि सच्याउन उपभोक्ताको माग



डिल्ली शर्मा ,
सोलुखुम्बु, २ बैशाख ।कोरोना संक्रमणको जोखिमका कारण आम नागरिकहरु त्रसित बनिरहेका बेला हालै मात्र उद्योग बाणिज्य संघ नेचा सल्यानले एकतर्फी रुपमा सार्बजनिक गरेको मुल्यसुचिप्रति स्थानीय उपभोक्ताले तीब्र असन्तुष्टि ब्यक्त गरेका छन । कोरोना भाइरसको जोखिम कम गर्नका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा उपभोक्ताको आवश्यकता परिपुर्तिमा जिम्मेवार बन्नुपर्ने संघ आफैं संगठित रुपमा कालोबजारी गर्ने प्रयासमा लागेको स्थानीयको आरोप छ।

हाल नेचा सल्यानमा रहेको स्थानीय बिहिबारे बजारमा दैनिक उपभोग्य बस्तुहरु चिनि प्रति ९०,चिउरा ८०, सोना मंसुली चामल प्रति केजी ४४, दाल रातो प्रति केजी १३० , चिउरा ८० र खाने तेल आधा लिटरको ८० रुपैयामा कारोबार भईरहे पनि उद्योग बाणिज्य संघले सार्बजनिक गरेको मुल्यसुचिमा झन्डै ५ देखि १०५ ले मुल्यवृद्धि गरिएको उपभोक्ताको गुनासो छ।उनीहरूले संघले मुल्यसुची सार्बजनिक गर्ने बहानामा मुल्य बृद्दिको सुची सार्बजनिक गरेको भन्दै त्यसलाई अबिलम्ब सच्याउन माग गरेका छन। हुन पनि नेचा सल्यान गाउंपालिकाले राहत सामाग्री ढुवानीका लगि गरिएको प्रस्ताब आब्हानमा स्थानीय ब्यापारीहरुले हालको बजारमुल्यभन्दा पनि कममा सामान ल्याउने सम्झौता गरेका छन्।तर उनीहरूले अहिले बेचिरहेको भन्दा पनि मूल्य वृद्धि गरेर एकतर्फी रुपमा मुल्यसुची सार्बजनिक गर्नुलाइ स्वभाविक मान्न नसकिने उपभोक्ताको तर्क छ।
स्थानीय तहमा लाग्ने हाटबजार तथा खाद्य तथा अखाद्य बस्तुको अनुगमन गर्ने अधिकार स्थानीय तहमा रहेको र बजार अनुगमन समितिको संयोजक स्थानीय तहको उपाध्यक्ष रहने ब्यबस्था अनुसार नेचा सल्यान गाउपालिकामा उपाध्यक्षको संयोजकत्वमा एक बजार अनुगमण समिति गठन गरिएको छ ।स्थानीय प्रहरी, जिल्ला प्रसासन कार्यालयका प्रतिनिधि उधोग बाणिज्य संघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहने ब्यबस्था रहेको बजार अनुगमण समितिले नेचासल्यानका बिभिन्न पसलहरुको बिगत १० महिना यता एक पटक पनिअनुगमन गरेको गरेको छैन।यसको फाइदा उठांउदै ब्यापारीहरुले अहिले बजारमा बिषादी ,मादक पदार्थ,सुर्तिजन्य पदार्थ र दैनिक उपभोग्य खाद्य सामाग्री एउटै पसलबाट बिक्रि(बितरण गरिरहेका छन। बजारमा बड्दो बेथिति र अस्वभाविक मुल्यसुची सार्बजनिक हुंदा समेत स्थानीय प्रहरी प्रशासन र जनप्रतिनिधिहरुले रहस्यमय मौनता सांधिरहेका छन।पटक पटक उपभोक्ताबाट बजार अनुगमनको माग गरिएको भएपनि संयोजकले बैठक नबोलाउनु आश्चर्यजनक भएको आम उपभोक्ताको गुनासो छ ।
दैनिक उपभोग्य सामाग्रीको मुल्य बृद्दि हुनुपर्ने कुनै कारण देखिदैन ,नत ढुवानि भाडामा बृद्दि भएको छ नत बाहिरबाट आयात गरिएका सामानको मुल्य बृद्दि नै भएको छ। बजारमा कृत्रिम अभाब सृजना गरि मुल्य बृद्दि भइरहदा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्