नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै



काठमाडौँ,११ साउन । मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायत वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन हुन लागेको हो। उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। पूर्वाधार विकासमन्त्री लम्सालको प्रमुख आतिथ्यमा आज बिहान १०ः२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

तय गरिएको कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जााइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन्। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सुरुङमा प्रवेश दिइनेछ

प्रतिक्रिया दिनुहोस्