समस्यामा परेका सोलुखुम्बुबासीलाइ राजधानीमा कांग्रेस नेता कार्कीको सहयोग



काठमाडौं, १ बैशाख । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले समस्यामा रहेका सोलुखुम्बुबासीहरुलाइ दोस्रो चरणको राहत बितरण गर्नुभएको छ।बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को जोखिम न्यूनीकरणका लागि घोषणा गरेको बन्दाबन्दीको समय लम्बिदैं गएका कारण समस्यामा परेका जिल्लाबासीहरुलाइ आइतबार राजधानीमा दोश्रो चरणको राहत बितरण गरेका हुन। सोलुखुम्बुबाट काठमाडौं आइ विभिन्न ठाउँमा बसोबास गर्दै आएका श्रमजीवी बर्ग र बिद्यार्थीका १७६ परिवारलाई दोश्रो चरणमा राहतस्वरुप खाद्य सामाग्री प्रदान गरिएको थियो।राजधानीको कोटेश्वर बाट सुरु भएको दोश्रो चरणको राहत बितरण जडिबुटी-पेप्सीकोला-कांडाघारी-गोठाटार-नयाँ बस्ती-बौद्ध टुसाल-आरुबारी-कपनचौकी-आकाशेधारा-बालुवाखानी-सुकेधारासम्म बितरण गरिएको थियो।

त्यसैगरी धुम्बाराही-पैंयाटार-भंगाल-गोकर्ण-बेंसीगाउँ-गौरीघाट-मैंजुबहाल-भत्केको पुल-टोखा हुँदै बांनियाटार पुगेर सम्पन्न भएको कांग्रेस युबा नेता दिनराज बांस्तोलाले जानकारी दिए।सरकारले बन्दाबन्दीको घोषणा गरेसंगै दैनिक गुजारामा समस्या आए काठमाडौं आएर बसोबास गरेका सोलुखुम्बुबासीहरुलाइ आफू ब्यक्तिगत रुपमा सहयोग गर्न तयार रहेको सार्बजनिक घोषणा गरेका कार्कीले प्रथम चरणमा केही दिन अघि पनि विभिन्न खाद्य सामाग्री राहत स्वरुप उपलब्ध गराएका थिए।

वहाँहरुको आग्रह र अवस्थालाई मध्यनजर गरेर मैंले ब्यक्तिगत रुपमा सानो सहयोग गरेको हुं नेता कार्कीले भने-‘यसलाई मैंले मानबीय धर्म र दायित्व सम्झेको छु।’ दोश्रो चरणको राहत बितरणमा नेपाली कांग्रेस सोलुखुम्बुका नेता कार्कीसंगै राम बहादुर बस्नेत,मनोज खड्का,सरला नाछिरिङ,दुर्गा नौबाघ र कमल बिक लगायतको सहभागिता रहेको बांस्तोलाले जानकारी दिए। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य तथा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनका अध्यक्ष समेत रहेका कार्कीले सरकारद्वारा स्थापित कोरोना रोकथाम,नियन्त्रण तथा राहत कोषमा एसोसिएसनको तर्फबाट ७ लाख ६ हजार एक सय रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्