प्रदेश सरकार गठन र सहकार्यका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति



काठमाडाैँ,९ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच पाँच प्रदेशमा प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ। सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।

शनिबार भएकाे सहमति अनुसार मधेस र गण्डकी बाहेकका प्रदेशहरूमा दुई पार्टीबिच भागबण्डा भएकाे हाे । सहमति अनुसार काेशी,बागमती र लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व नेकपाले गर्नेछ।

पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबिच सहमति पत्रमा हस्ताक्षर भएको हो।

प्रतिक्रिया दिनुहोस्