गजल
आकाशबाट जुन तारा खसेजस्तो लाग्छ
कहिलेकाहीँ तिमीसंगै बसे जस्तो लाग्छ

बिर्स्यौ क्यारे दुधकोसी र सोलुको दोभान
जवानीमा नै अँंगालोले कसेजस्तो लाग्छ
माया नै मार्यो भन्थ्यो अरे अस्ति डल्लीसंग
तिमीलाई कुनैबेला चिप्लो घसेजस्तो लाग्छ
कहाँ गयौ कता हुन्छयौ पत्ता ठेगान छैन
सम्झनामा दिलको भित्रै पसेजस्तो हुन्छ
कहिले आँखा यता नि कहिले हुन्थे उता
उतैतिर मायाजालमा फसेजस्तो लाग्छ
–छबि बास्तोला
नेचासल्यान गाउँपालिका, वडा नं ३ सोलुखुम्बु