जानी राखौ ! कोरोना संक्रमणका यी हुन मुख्य संकेत



कोभिड( १९ रोग कोरोना भाइरस परिवारको एक भाइरसबाट हुने रोग हो। यसअघि कहिल्यै पनि यो भाइरस मानिसमा देखिएको थिएन। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले हाल यसलाई महामारी घोषणा गरेको छ।

कोरोना भाइरसका लक्षण के हुन् ?
डब्लुएचओका अनुसार कोभिड–१९ का मुख्य लक्षण ज्वरो, थकान र सुक्का खोकी हुन्। केही बिरामीमा सिँगान बग्ने, गला दुख्ने, नाकमा रगत जम्मा हुने, दुख्ने वा झडापखाला लाग्ने पनि हुन सक्छ। केही संक्रमितले भने स्वाद र गन्ध थाहा पाउने क्षमता गुमेको पनि बताउने गरेका छन्।

कोरोना भाइरस संक्रमितमध्ये करिब ८० प्रतिशतले समान्य लक्षण अनुभव गरेका छन्। उनीहरु कुनै विशेष उपचार बिनै ठिक पनि हुने गरेका छन्। कोरोना संक्रमितमध्ये प्रत्येक ६ जनामा जना मात्रै गम्भीर बिरामी हुने विश्व स्वाथ्य संगठनको भनाइ छ। वृद्ध र यसअघि नै उच्च रक्तचाप, मधुमेध, स्वाश्वास प्रश्वास सम्बन्धी गम्भीर समस्या रहेका, मुटु रोग वा समस्या भएकालाई यो रोगबाट धेरै खतरा हुन्छ।

बेलायतमा राष्ट्रिय स्वाथ्य सेवा (एनएचएस) ले यसका केही विशेष लक्षणको पहिचान गरेको छ।
उच्च ज्वरो छाती वा ढाडमा निकै तातो अनुभव हुन्छ।

नयाँ लगातार खोकी

यी लक्षण देखिए चिकित्सकको परामर्श लिनै पर्छ। यो भाइरल निमोनिया भएकाले यसको उपचारमा एन्टिबाइटिकको प्रयोगको कुनै अर्थ हुन्न। हामीसँग फ्लूविरुद्ध भएका एन्टिभाइरल औषधिले काम गर्दैन र यसको कुनै खोप पनि छैन। यसको उपचार बिरामीको रोग प्रतिरोधात्मक प्रणालीमा निर्भर रहन्छ।

ज्वरो र खोकी देखिए चिकित्सक कहाँ जानुपर्छ?
बेलायतमा रष्ट्रिय स्वास्थ्य सेवाले ज्वरो र खोकी लागेका सबैलाई कम्तीमा पनि ७ दिन घरमै बस्न सुझाव दिएको छ। परिवारसँगै बस्नु हुन्छ भने संक्रमण घरबाहिरका मानिसलाई हुन नदिन १४ दिन घरमै बस्नुपर्छ। यो सबैमाथि लागू हुन्छ, चाहे उनीहरु विदेश गएका नै किन हुन्।

कोरोना भाइरससम्बन्धी जानकारीका लागि बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवाले कोराना भाइरसलक्षित बेवसाइटमा नयाँ नयाँ विवरण अपडेट गरिरहेको हुन्छ। यदि तपाईंलाई अप्ठ्यारो भयो वा यस्ता लक्षण ७ दिन भन्दा बढी समयसम्म देखिए भने अस्पताललाई खबर गर्नुपर्छ। अस्पताल नपुगेसम्म उनीहरुको भाइरस परीक्षण हुँदैन।

भाइरस संक्रमण रोक्न धेरै देशले यतायातमा प्रतिबन्ध लगाएका छन् र लकडाउन गरेका छन्। स्वास्थ्य सहयोगका लागि तपाईंले स्थानीय अधिकारीसँग ताजा सल्लाह लिनुपर्छ।

यो सामान्य रुँघा भन्दा किन खतरा छ, विशेषज्ञ किन चिन्तित छन् ?
नयाँ कोरोना भाइरस कति खतरानाक छ भन्ने कुरा यकिनका साथ अझसम्म भन्न सक्ने अवस्था छैन। धेरै विवरण नआएसम्म यो थाहा पनि हुँदैन। तर, यसको मृत्युदर युवामा १ प्रतिशतभन्दा कम छ भने वयस्क या कमजोर स्वाथ्य हुनेहरुको ३ प्रतिशत छ। समान्यतया मौसमी रुँघाको मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ र प्रत्येक वर्ष विश्वभर ४ लाखको ज्यान जाने अनुमान गरिँदै आएको छ। सार्सको मृत्युदर १० प्रतिशतभन्दा बढी थियो।

अन्य रुँघाभन्दा यसमा मुख्य फरक भनेको यसको कुनै खोप छैन। यसको अर्थ कमजोर मानिस–वयस्क, श्वासप्रश्वाससम्बन्धी समस्या भएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई जोगाउन कठिन छ।

यदि तपाईं अस्वस्थ हुनुभयो भने हात धुने र अन्य मानिससँगको भेटघाट बन्द गर्नु महत्वपूर्ण हुन्छ।

के अरु कुनै कोरोना भाइरस पनि छन् ?
सार्स र मेर्स पनि कोरोना भाइरसकै एक प्रजातिबाट हुन्छ। यी दुवै रोग जनावरबाट उत्पति भएका थिए। ‍सन् २००२ मा विश्वभरका करिब ३७ देशमा सार्स फैलिएको थियो। विश्वलाई आतंकित बनाएको यसका कारण ८ हजार संक्रमित भएका थिए भने ७ सय ५० जनाको मृत्यु भएको थियो।

मेर्स भने मानिसबाट मानिसमा सजिलै सर्छ तर धेरै घातक हुन्छ। २५ हजार संक्रमितमध्ये ३५ प्रतिशतको ज्यान मर्सले लिएको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्