कोरोनाबिरुद्द नेचासल्यानको तयारी : १२ बेडको क्वारेन्टाइन, स्वास्थ्यसेवा २४ सै घण्टा



डिल्ली शर्मा,

सोलुखुम्बु १६ चैत्र । बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्नको लागि सोलुखुम्बुको नेचा सल्यान गाउपालिकाले सुरक्षा सतर्कता अपनाएको छ । गाउपालिकाले बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरि भाइरस संक्रमण बाट जोगिन प्रचार प्रसार तथा जनचेतनालाई ब्यापक बनाएको छ ।


कोरोनाको संक्रमण पैmलन नदिनका लागि नेपाल सरकारले आम नागरिकहरुलाइ सतर्कता अपनाउन र घर बाहिर ननिस्कन अनुरोध गर्दै लक डाउनको घोषणा गरेसंगै गाउपालिकाले पनि यसलाई प्राथमिकतामा राख्दै सुरक्षा सतर्कता अपनाइरहेको छ । स्थानिय क्षेत्रमा प्रर्याप्त श्रोत साधनको परिचालनसंगै भाइरस संक्रमणबाट जोगिने उपायहरु अबलम्बन गर्दै सुरक्षा सतर्कता अपनाइएको गाउपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताए ।
भाइरस संक्रमणको जोखिममा शहरहरु भन्दा ग्रामिण परिबेशमा स्थिति अझ नाजुक हुन सक्ने भएका कारण सुरक्षा सतर्कता अपानाउनु पर्ने अध्यक्ष बास्तोला बताउछन । अध्यक्ष बास्तोलाका अनुसार नेचा सल्यान गाँउपालिकामा उधोग कलकारखानामा काम गर्ने मजदुर नभएको कारण राहत प्याकेजको आबश्यकता नरहेको, स्थानिय बासिन्दालाई आबश्यक पर्ने दैनिक उपभोग्य बस्तुहरु एक महिनाको लागि प्रर्याप्त स्टक भइपनि खेतबारीको काम बस्तुभाउलाइ दानापानि लगायतका काममा घर भित्रमात्र बसेर नहुने स्थितिले ग्रमिण इलाकामा अझ समस्या रहने अध्यक्ष बास्तोलाले बताए ।


सुरक्षा सतर्कतासंगै गाउपालिकाले उधोग बाणिज्य संघ नेचा सल्यानको समन्वयमा सबै घरधुरिलाई हातधुन साबुन निशुल्क बितरण गरिएको छ । यता नेपाल रेडक्रस सोसाइटी शाखा नेचा बेतघारीले बजार क्षेत्रमा हातधुनका लागि ४ओटा सोडिस पटको ब्यबस्था गरेको छ । यसैगरी भाइरस संक्रमणबाट जोगिन १० पिपिईसेट स्वास्थ्य संस्थामा प्रदान गरिनुका साथै दूईओटा गाडि तथा सुरक्षाको लागि पि.पि.इ. सेट तयारीमा राखेको जानकारी गराउदै गाउपालिका जस्तो सुकै अवस्था आएपनि तयारी अवस्थामा रहेको भन्दै कोरोनाबाट भयभित नहुन अध्यक्ष बास्तोलाले आग्रह गरेका छन ।


यसैगरि पछिल्लो समयमा बाहिरी मुलुकबाट गाउमा आउनेको लगत संकलन गरी घरैमा क्वारेन्टाइनमा राखिएको र अबस्था सामान्य रहेको साथै कोरोनाका संक्रमित बिरामीलाई ब्यबस्थापनका लागि नेचा सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा १२ बेडको क्वारेन्टाइनको ब्यबस्था गरिएको छ ।
आपतकालीन अवस्थाका लागि सवारी साधन तयारी अवस्थामा राखिएको बताउंदै  जोखिमको यो अवस्थामा नागरिकहरुको उपचारका लागि गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयार रहन निर्देशन दिइएको जानकारी समेत अध्यक्ष बांस्तोलाले दिए।

प्रतिक्रिया दिनुहोस्